२० बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली व्यवसायी संघ कतारद्वारा राजदूत भारद्वाजको स्वागत

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७६, बिहीबार १४:१७

दोहा । नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको स्वागत गरेको छ । राजदूत भारद्वाज नेपाली दूतावास कतारमा दुई महिना अगाडि पदबाहली भएका थिए । संघले राजदूत भारद्वाजको एक भब्य समारोहबीच स्वागत गरेको हो ।

सो कार्यक्रमको सभापतित्व संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाइले गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्षसमेत रहेका एनआरएनए सचिव आर के शर्माले स्वागत मन्तव्य राखेका थिए भने महासचिब सागर नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । शर्माले राजदूत भारद्वाजलाई कार्यकाल सफलताको शुभकामना दिदै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

सो कार्यक्रममा बोल्दै राजदूत भारद्वाजले नेपाली ब्यबसायी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कतारबीचको सम्बन्ध र नेपालीहरुले गरेको योगदानको प्रसंशा गरेका थिए । कार्यक्रममा राजदूत भारद्धाजले नेपाली समुदाय र नेपाली ब्यबसायीहरुले दुइ देशबीचको सम्बन्धलाई उचाईमा पुर्याउन खेलेको भूमिका उच्च रहेको भन्दै खुशी ब्यक्त गरे भने नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाली ब्यबसायी संघलाई आग्रहसमेत गरे । संघका संरक्षक देबकाजी डंगोलले अब नेपाली व्यवसायीहरु देशको आर्थिक क्रान्तिका लागि प्रबासबाटै लागिपर्ने बताए ।

संघका अध्यक्ष महेन्द्र चौलागाइले नेपाली व्यवसायी संघले नेपाली नियोगसँग सदैब सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै बिदेशी लगानी देशमा भित्राउन व्यवसायीहरु लागि परिरहेको बताए । उनले यसको लागि दूतावासको सहयोगको अपेक्षा राखेको बताउँदैं नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दूतावासँग सहकार्य गर्दै अघि बड्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष चौलागाइले कार्यक्रम ब्यबस्थापन कार्यका लागि भूमिका निर्वाह गरेकोमा संघका कोषाध्यक्ष चुडामणि कार्की, सहसचिब रमेश भट्टलगायत सम्पूर्ण कार्यसमितिलाइ धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा दूतावासका उपनियोग प्रमुख लक्ष्मण खनाल, दूतावासका सम्पूर्ण कर्मचारी लगायत गैर आवासीय नेपाली संघ(एनआरएन) का आइसीसी सचिब आरके शर्मा, एनआरएनए मध्यपूर्व संयोजक प्रबिन गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार टीबी काकीलगायत समाजका बिभिन्न ब्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्णबहादुर कडरियालगायत उपस्थिति रहेका थिए ।