२ आश्विन २०८२, बिहीबार
Follow Us

झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८२, बिहीबार १२:५३

काठमाडौं । गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन ।

काठमाण्डूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल स्रोतले जनाकारी दिएको छ । स्रोतका अनुसार, शल्यक्रियाका क्रममा उनको बायाँ हात काटिएको हो ।

पारिवारिक स्रोतले पनि उनको हात काट्न परेको जानकारी दिएको छ ।उनलाई शल्यक्रियापछि अहिले वार्डमा सारिएको छ । ‘उहाँको स्वास्थ्य अवस्था अहिले ठिक छ , सुधारोन्मुख हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो ।

धेरै पढिएको