३ आश्विन २०८२, शुक्रबार
Follow Us

अमेरिकामा गोली हानेर ३ जना प्रहरी अधिकारीको हत्या

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८२, बिहीबार ०५:४७

अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन जना प्रहरी अधिकारीको हत्या भएको छ । गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते भएका छन् । अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला आक्रमण भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको जानकारी दिएका छन् ।

गोलीकाण्डका कारण नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् भने विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । अमेरिकाको प्रहरीले घटनबारे अनुसन्धान भैरहेको समाचारमा उल्लेख छ ।

धेरै पढिएको