२४ बैशाख २०८१, सोमबार
Follow Us

ग्रीनवीचमा नेपाली समुदायसंग बेलायती सांसदको अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१ पुष २०७६, मंगलवार १५:५५

लण्डन । बेलायतमा रहेका विभिन्न सस्थाहरुमाझ आफ्नो स्थापनाको छोटो समयमानै महिला नेतृत्व लगायतका बेग्लै पहिचान बनाउन सफल दक्षिणपुर्बी लण्डनको नेपालीहरुको साझा सस्था रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आर जी एन एस) ले आफ्ना नबनियुक्त सल्लाहकारहरु र त्यस छेत्रकी नवनिर्वाचित ब्रिटिश सांसद अविना ओपोंग असारेलाइ आइतबार सम्मान र अन्त्रर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित ब्रिटिश सांसद असारेले भर्खरै सम्पन्न ब्रिटिश संसदको निर्वाचनमा नेपाली समुदायले गरेको सहयोगका लागि धन्यबाद ब्यक्त गरिन।

आर जी एन एसलगायतका संघ सस्थाले ब्रिटिश समाज र नेपाली समुदायलमाझ गरिरहेको कार्यको प्रसंशा गर्दै आफु आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको बताइन। स्थानीय काउन्सिलर म्याथ्यु मरो र इरिथ तथा थेम्समिड निर्वाचन छेत्रका लेबर पार्टीका अध्यक्ष पिटर बेकरले काउन्सिल र लेबर पार्टी नेपाली समुदायको कला, सस्कृतिको जगेर्ना गर्ने लगायतका कुरामा सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

सस्थाकी अध्यक्ष्य शर्मिला हिराचनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष्य जित रानाभाटले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सस्थाका निबर्तमान अध्यक्ष्य हरि गोबिन्द गुरुङले नेपाली भाषाको कक्षा संचालन लगायतका सस्थाका गतिबिधिहरुबारेमा जानकारी गराएका थिए। महासचिब मञ्जु भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा सस्थापक अध्यक्ष्य कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार मोहन गुरुङ, एनआरएन युकेका महासचिब फडिन्द्र भट्टराई लगायतले सस्थाको उतरोत्तर प्रगतिको शुभ कामना ब्यक्त गरेका थिए।

आर जी एन एसले ग्रीनवीच र वरपर विभिन्न पेशा र स्थानीय नेपाली संघ सस्थाका अध्यक्ष्य र प्रतिनिथीहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ। जसमा एनआरएन युकेका पूर्व महासचिब कर्ण शाही , पूर्व आइसीसी सदस्य बिनोद ज्ञवाली, एनसीसी सदस्य ह्यारी गुरुङ, बुध्ध फ़ाउन्देशनका अध्यक्ष्य एबम एनआरएन इंगलैंड राज्य परिषद्का अध्यक्ष्य दीपक श्रेष्ठ, चार्ल्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल , पशुपति हिन्दु मन्दिरका अध्यक्ष्य नरेन्द्र कंडेल, नेपलीज युथ एसोसिएसनका अध्यक्ष्य लछुमन गुरुङ, प्रतिभा नक्ष्यत्रकी अध्यक्ष सिम्मी पुन, सोसाइटी अफ नेपाली हाइलि स्किल्लड पोफेस्नल अध्यक्ष्य शेखर वाग्ले, क्याट युकेका अध्यक्ष्य जिबन सेन, सस्थाका सस्थापक प्रमुख सल्लाहकार अकाउन्टेन्ट एल एन पाण्डे एबम मिडियाका तर्फबाट पत्रकार बिपिन निरौला लगायत उपस्थित सल्लाहकारहरुलाई सांसद असारे र सस्थाकी अध्यक्ष्यबाट स्वागत सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित एनआरएन आइसीसी सदस्यहरु अर्कराज तिमिल्सिना एबम सुरज मास्के, एनसीसी सदस्य प्रकाश कँडेल, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष ध्रुब अर्याल, सस्थाकी सचिब ज्योत्सना बस्नेत लगायत कार्यसमिति सदस्य र दिदिबहिनि समुहका समाजसेवी महिला हरुलाई उहाहरुले सहकार्य र सहयोगको प्रसंसा गर्दै सम्मान गरिएको थियो।

आरजीएनएसका उपाध्यक्ष एबम एन आर एन युकेका नबनिर्वाचित सचिब जित रानाभाटले कार्यक्रमको उदेश्यका बारेमा प्रष्ट परेका थिएभने साउथ इस्ट लण्डन क्षेत्रबाट एनआरएन आइसीसी सदस्यहरु, युकेका नबनिर्वाचित पदाधिकारी एबम सदस्यहरुलाई समेत स्वागत एबम सम्मान गरिएको थियो।