हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ महिला फोरम गठन भएको छ । अनु राई महिला संयोजक रहने र बाँकी १८ जनालाई सदस्य तोकिएको छ । फोरममा १० जना सल्लाहकार मनोनयन गरिएको छ । महिला एकता र महिला सशक्तिकरणका लागि एनआरएनए महिला फोरम गठन भएको बताइएको छ ।
फोरमको सदस्यहरुमा प्रभा राई, सरु राई, करुणा प्रधान, अन्जु गुरुङ, सावित्रा इङनाम, अनिता तामाङ, रिन्जी शेर्पा, नीता थापा, साविन बानेम, पवित्रा साम्पाङ राई, अनिता राई, नानु गुरुङ, शोभा राई, अनिता राना, सावित्रा सुब्बा, कल्याणी गुरुङ, माया गुरुङ र इशु बर्देवा रहेका छन् ।
यसैगरी फोरमको सल्लाहकारमा युगमाया रानामगर, गोमा पुन, असली लिम्बु, माया थलङ राई, कुमारी थापा, कल्पना राई, पविता पुमा राई, विष्णु मुखिया, कविता गुरुङ, निलम थापा रहेका छन् ।
एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टीका) को प्रमख आतिथ्यतामा फोरम गठन भएको हो । नवौं विश्व सम्मेलनपछि पहिला पटक महिला फोरम गठन गरिएको हो ।