२४ बैशाख २०८१, सोमबार
Follow Us

उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ पुष २०७६, बिहीबार २०:२६

बेलटार । उदयपुरमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उदयपुरगढी नगरपालीका ३ मा एसके ०१ पीबी ३०६८ नम्बरको भारतीय बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य २ जना गम्भीर घाइते भएको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा हितनारायण क्षेष्ठ, उनका भाई मिन नारायण क्षेष्ठ र सोही वडा बस्ने ढकबहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ ।