२० बैशाख २०८१, बिहीबार
Follow Us

सृष्टिको गाडीको ठक्करबाट मृत्यु, चाबहिल सडक तनावग्रस्त

नेपालब्रिटेन संवाददाता
७ पुष २०७६, सोमबार ०८:२७

काठमाडौं । बसको ठक्करबाट आज सोमबार विहान पौने ६ बजे काठमाडौंको सुकेधारामा एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भएकी २१ वर्षीया सृष्टि पन्त रहेका छन् ।

पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दै थिइन् ।

भक्तपुरबाट काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका पन्तको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

छात्राको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा चाबहिल क्षेत्र अहिले तनावग्रस्त बनेको छ । आक्रोशित विद्यार्थील् भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

आक्रोशित विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ । आगजनी गरेको अभियोगमा प्रहरीले नेविसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।