२० बैशाख २०८१, बिहीबार
Follow Us

ब्रिटिस सांसद वीरेन्द्र शर्मा: बस ड्राइभरदेखि संसदसम्म

नेपालब्रिटेन संवाददाता
७ पुष २०७६, सोमबार ११:१४

लन्डन । बेलायतमा दक्षिण एसियाली मूलका नागरिकमाँझ निक्कै लोकप्रिय लेबर पार्टीका भारतीय मूलका नेता वीरेन्द्र शर्मा १९६८ मा जब बेलायत आएका थिए, त्यसबेला उनी बस ड्राइभरको काम गर्दथे । ७३ वर्षीय वीरेनद्र शर्मा १२ डिसेम्बरको निर्वाचनमा जितेर भारतीय मूलको वरिष्ठ सांसद बने ।

उनले जलियावाला बाग हत्याकाण्डका लागि बेलायत सरकारले माफी माग्नुपर्ने माग वर्षौदेखि उठाइरहेका छन् । उनी भन्छन्, ‘मैले राजनीतिक मुद्दा यसैबाट उठान गरेको हुँ । म प्रधानमन्त्री बोरिस जोनसनसँग पनि यही माग अघि सार्नेछु । ब्रिटिस सरकारले सय वर्षअघि भएको घटना अर्थात् सन् १९१९ मा भएको उक्त हत्याकाण्डका लागि औपचारिक रुपमा माफी माग्नुपर्नेछ ।

यस पटक वीरेन्द्र शर्माको माग पूरा हुने अपेक्षा गरिएको छ । ‘बोरिस यस पटक तयार हुनुपर्छ । यो मेरो पार्टीको चुनावी घोषणापत्रको महत्वपूर्ण बाचामध्ये एक हो । हामी भन्ने छौं बोरिसलाई यो माग पूरा गर्दिनुपर्छ । पाँचौं पटक उनी लगातार सांसद जितेका शर्माले यस पटक चुनाव जित्ने भारतीय मूलका १५ सांसदमध्ये एक हुन् ।

बस ड्राइभरको जागीर
बेलायती संसदमा १५ भारतीयमूलका सांसदहरुको एकता बलियो हुने अपेक्षा सांसद शर्माले गरेका छन् । एकता भयो भने महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने उनको ठम्याइ छ । उनी भन्छन्, ‘यूरोपबाट अलग भएपछि ब्रिटेनको भारतसँगको सम्बन्ध अझ घनिष्ठ हुनेछ । यसमा हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छौं ।

शर्मा ट्रेड युनियनमा सुरुदेखि नै जोडिएका हुन् । ट्रेड युनियनसम्बन्धी सम्पूर्ण क्षमता उनीसँग छ । उनी आत्मविशवास र हिम्मतवाला सांसदका रुपमा परिचित छन् । जसको झलक उनका कुराबाट स्पष्ट हुन्छ । उनी भन्छन्, ‘मजुदरका लागि मेरो हृदय जहिले पनि धड्किरहन्छ । म बस ड्राइभरको जागीरपछि ट्रेड युनियनसँग सम्बन्धित रहें, त्यसबाहेक अरु मैले केही जानेको छैन । पञ्जाव र दिल्लीमा उनका नातेदार र साथीहरु अहिले पनि प्रशस्त छन् । उनी प्रायः भारत आउने जाने गरिरहन्छन् ।

ट्रेड युनियनको राजनीति
भारतीय मूलका लोकप्रिय सांसद प्यारासिंह खाबडाको निधनपछि इलिङ साउथहल’ को खाली सिटमा उनले सन् २००७ मा चुनाव जितेर वीरेन्द्र शर्मा पहिलो पटक सांसद बनेका थिए । सुट बुट र टाइ लगाउने वीरेन्द्र शर्मा कुनै विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापकभन्दा कम देखिँदैनन् । तर लगातार पाँचौं पटक चुनाव जित्न अन्य केही महत्वपूर्ण सामाजिक संघसंस्थामा आबद्ध भएपछि उनको व्यक्तितव सादगीले भरिएको छ ।

उनको निर्वाचन क्षेत्र इलिङ साउथहलमा १८ प्रतिशत सिख र ११–११ प्रतिशत पाकिस्तानी र नेपाली बसोबास गर्छन् । सम्भवतः यसै कारणले शर्माले चुनाव जित्न सजिलो भएको हो । भारत सरकारसँग ब्रिटेनको सम्बन्ध अझ मजबुत बनाइराख्न, आफ्ना चुनावी क्षेत्रमा सिंख, हिन्दू र पाकिस्तानी मतदाताको भावनालाई स्मरणीय बनाइ राख्ने चुनौति उनका सामु छन् । हेरौं आउँदा दिनमा शर्मा कसरी प्रस्तुत हुनेछन् ।