२० बैशाख २०८१, बिहीबार
Follow Us

भटाभट चिनियाँ नागरिक काठमाडौंमा पक्राउ, संख्या १ सय १२ पुग्यो

नेपालब्रिटेन संवाददाता
७ पुष २०७६, सोमबार १४:२९

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको संख्या एक सय १२ पुगेको छ। नियन्त्रणमा लिएका शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या एक सय १२ पुगेको हो ।

यो भन्दा अगाडि ९७ जना चिनियाँ नागरिकलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बुढानिलकण्ठ लगायतका स्थानबाट नियन्त्रणमा लिएको बताइएको थियो।

चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिएका चिनियाँ नागरिकमाथि काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखि अनुसन्धान सुरु भएको छ ।