२० बैशाख २०८१, बिहीबार
Follow Us

सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७६, सोमबार १०:५७

सुनसरी । बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीन लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

गिरीकाे मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीकाे बेन्चमा परेकाे थियाे । जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेशरी पाेखरेलले कृष्णबहादुर गिरीलाई ३ लाख धराैटीमा रिहा गरिने बताए ।

काठमाडौंबाट चतराधाम उनको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि मुटुमा समस्या देखिएकाे भन्दै अभियाेग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ हाेमकाे आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेकाे थियाे ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा मंसिर १६ गते उनी पक्राउ परेका थिए ।