२५ बैशाख २०८१, मंगलवार
Follow Us

महासचिव डा. हेम राज शर्मा सार्वजनिक गरे ७४ दिनमा एनआरएनएका १० महत्वपूर्ण उपलब्धि

नेपालब्रिटेन डट कम्
१५ पुष २०७६, मंगलवार १५:३६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संघका पछिल्ला १० महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
डा. शर्माले सन् २०१९ संघको लागि अत्यन्त फलदायी र सुखद् रह्यो रहेको वताउदै गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति गठन गर्नुका साथै विभिन्न नवीनतम कामको शुभारम्भ गरेको वताए ।

डा. शर्माले नयाँ वर्षको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै सन् २०२० मा विगतका कामलाई निरन्तरता, आवश्यकता अनुसार परिमार्जन, परिवर्तन र नवीन सोचका साथमा एनआरएनएको नयाँ अध्याय थप्ने प्रयास जारी रहने वताएका छन् ।

नयाँ कार्यसमितिको ७४ दिनको समयलाई फर्केर हेर्दा, एनआरएनएले विगतमा थालेको लाप्राक नमुना वस्ती लगायतका परियोजना र अन्य नियमित कामहरुको निरन्तरता दिईरहेको छ ।
डा. शर्माले संघले यसअघि शुरु गरेका परियोजना वाहेकका १० उपलव्धी सार्वजानिक गरेका हुन् । उनले पुरना परियोजनामा नियमित काम भैरहेको जनाए ।

यस्ता छन् संघका पछिल्ला १० उपलब्धि

१. दश अर्बको सामूहिक लगानी कोष संकलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक सञ्चालक समितिले काम गरिरहेको छ । त्यसका लागि चार्टर एकाउण्डेट तथा बैंकका पुर्व कार्यकारी प्रमुख अनल भट्टराईको संयोजकत्वमा रहेको एक विज्ञ सम्मिलित टोलीले कोषको अवधारणापत्र तयार गरिरहेको छ ।

२. नेपाल भ्रमण वर्ष २०२० का सफल पार्न निवर्तमान अध्यक्ष भवन भट्टको नेतृवमा रहेको समिति र राष्ट्रिय समन्वय परिषद्हरुले तीव्र गतिमा काम गरिरहेका छन् ।

३. सामुहिक नेतृत्वको अवधारणा अनुरुप संघमा विभागीय संरचना लागु गरिएको छ । फ्ल्यागशिप प्रोजेक्ट, वैदेशिक रोजगार, व्यापार लगानी तथा नेपाल प्रवर्द्धन, एनआरएनए नलेज एकेडेमी, परोपकारी तथा मानव कल्याणकारी हित, महिला तथा युवा, संगठन तथा प्रशासन, र एनआरएनए फाउण्डेसन गरी ८ विभागहरु गठन गरी त्यसको नेतृत्व क्रमशः कुमार पन्त, डा। बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी, सोनाम लामा, रविना थापा, डा हेम राज शर्मा र महेश श्रेष्ठले गरिरहनुभएको छ । विभागीय प्रमुखले कार्यकालको कार्ययोजना जनवरीमा पोखरामा हुने बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

४. दोश्रो एनआरएन विज्ञ सम्मेलन काठमाडौमा गर्न डा. हेम राज शर्मा र विशेषज्ञहरुको समितिद्वारा तयारी तीव्र बनाइएको छ । अक्टोवर २०२० मा धुलिखेलमा सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

५. नेपाल र विदेशमा एनआरएनए फाउण्डेशन स्थापना गर्न कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एकनाथ खतिवडा, डा पुरु श्रेष्ठ लगायतको टोलीले अवधारणापत्र बनाइरहेको गरिरहेको छ । आगामी अक्टोवरभित्र फाउण्डेशन स्थापना गर्ने र एनआरएनएले सञ्ंचालन गर्ने सबै परोपकारी परियोजना फाउण्डेशन मातहत ल्याउने तयारी गरिएको छ ।

६. पारदर्शी र तथ्यपरक आर्थिक कारोबारका लागि अडिट समिति गठन गरिएको छ, छुट्टै स्वतन्त्र विज्ञहरुको टोलीले म्गभ म्ष्ष्निभलअभ ब्गमष्त ९म्म्ब्० गरिरहेको छ । त्यसको रिपोर्ट अन्तिम चरणमा छ ।

७. वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न डा. बद्री केसीको नेतृत्वमा विज्ञहरुको समिति गठन गरिएको छ । वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि, पदाधिकारीहरुबाट रु १ करोड भन्दा बढीको सहयोग रकम संकलन भएको छ । रेमिटेन्सको केही अंशबाट राहत कोष निर्माण गर्न राष्ट्रबैंकसँग प्रारम्भिक छलफल भएको छ ।

८. व्यवस्थित र सहभागितामुलक निर्वाचन गर्न विधानमा आवश्यक परिमार्जन र परिवर्तन गर्न विशेष महाधिवेशनको तयारी भइरहेको छ ।

९. संघलाई अत्याधुनिकरण बनाउन गौरी जोशी नेतृत्वमा ‘स्मार्ट एनआएएन प्रोजेक्ट’ सुरु गरी त्यसको लागि सिष्टम अडिट थालिएको छ । त्यसको अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ ।

१०. काठमाडौंको मुख्य स्थानहरुमा सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरसँग समन्वय र सहकार्य जारी रहेको छ ।