२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए ग्रीसको साधारणसभा सम्पन्न

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७६, शनिबार ०९:३०

एथेन्स । गैरआवासीय नपाली संघ (एनआरएनए) ग्रीसको साधारणसभा तथा नयाा वर्ष २०२० को शुभकामना आदानप्रदान कार्यक्रम गत बुधबार सम्पन्न भयो । संघका अध्यक्ष यमबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव देबेन्द्र गुरुङले संचालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष्य बमबहादुर परियारले स्वागत मन्तब्य राखेका थिए ।

नेपाली राष्ट्रिय गान गएर सुरु गरिएको उक्त कार्यक्रममा हालै भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुराका बारेमा सामुहिक रुपमा नारा लगाएर विरोध जनाइएको थियो ।

कार्यक्रममा एनआरएन ग्रीसका पूर्वअध्यक्ष्य कृष्ण पोखरेल, संघका संस्थापक कोषाध्यक्ष्य उत्तरबहादुर गुरुङ, साहित्य चौतारी नेपाल ग्रीस शाखाका अध्यक्ष गनी गुरुङ, नेपाल उत्पीडित जातीय समाजका अध्यक्ष टीकाराम बिक, श्रीराम गजुरेललगयतका उपस्थिति थियो । कार्यक्रममा गनी गुरुङले अबको एनआरएन हाम्रो एनआरएनले सबैलाई समेट्न सुझाव तथा सुभकामना दिए ।

एनआरएनको उज्ज्वल भविष्यको कामना गर्दै टिकाराम बिकले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा महासचिब गुरुङले सञ्चालनकै क्रम छलफलका बिषय बस्तु बस्तुमाथि प्रकाश पारेका थिए भने अध्यक्ष शाहीले संघले भोग्नु परेको समस्या, चुनौती र भावी कार्ययोजनाबारे छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीका तर्फबाट सगर सुनार, सनम खड्गी, कृष्ण थापालगायतले आफ्ना भनाइ राखेका थिए ।

संघका महिला संयोजक कमल राई गुरुङले महिला हकहित र अधिकारका बारेमा छोटो मन्तब्य राख्दै ग्रीसमा भएका सम्पूर्ण महिला दिदीबहिनी एकजुट भई आफ्नो हकहितका बारेमा आवाज बुलन्द गर्नुपर्ने मन्तव्य राखिन् ।

उपाध्यक्ष सोमराज पराजुली, युवा संयोजक ध्रुबराज गुरुङले स्वयमसेवकको नेतृत्वमा पंचु गुरुङ, जेम्स मगर, कौशिला राना, पव्लिना कोलेवा, बिशालराज भण्डारी, राम खड्काले देखाएको भूमिकाको प्रशंसा गरिएको थियो । कार्यक्रममा बिष्णु गुरुङ, पंचु गुरुङको नृत्य, श्रीप्रसादको गायन तथा केयन लामाले कविता प्रस्तुत गरेका थिए ।