१९ बैशाख २०८१, बुधबार
Follow Us

गायिका आस्था राउत प्रहरी परिसरमा हाजिर

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०६:०९

काठमाडौं । गायिका आस्था राउत प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । आस्था र प्रहरीबीच अघिल्लो साता त्रिभुवन विमानस्थलमा भएको विवादपछि उनलाई प्रहरीले खोजी गरेको थियो । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।