२ आश्विन २०८२, बिहीबार
Follow Us

यी हुन् नेकपा केन्द्रीय कमिटीको ११ निर्णय, अब ओली र दाहालको फोटो नराखिने

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७६, आईतवार १२:५५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटी बैठक विभिन्न ११ निर्णय गर्दै सकिएको छ । बैठकले भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ । यसअघि मंसिर अन्तिम साता बसेको सचिवालय बैठकले पनि भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको थियो ।

बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएपछि अध्यक्षद्वयले राखेको राजनीतिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अब कुनै पनि कार्यक्रम आयोजना गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो नराख्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि अध्यक्षको फोटो नराख्ने निर्णय भएको सुनाएका हुन् । जारी केन्द्रीय कमिटीको बैठकमा दुई जना नेताको फोटो राखिएपछि चर्को आलोचना भएको थियो ।

निर्णयको फोटो कपी

 

धेरै पढिएको