२४ बैशाख २०८१, सोमबार
Follow Us

कोरोनाभाइरस संक्रमित ४० हजार भन्दा बढी, झन्डै सय जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ माघ २०७६, सोमबार ०५:५५

लन्डन । चीनको वुहानबाट फैलिएको कोरोनाभाइसबाट आइतबारमात्रै ९७ जनाले ज्यान गुमाएका छन्।

गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको भाइरसका कारण एकैदिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। कोरोनाभाइरसका कारण अहिलेसम्म ९ सय १० जनाको मृत्यु भइसकेको छ। तीमध्ये ९ सय ७ जना मेनल्याण्ड चाइनाभित्रै, एक जना फिलिपिन्स र एक जना हङकङका छन्।

उक्त भाइरसबाट अहिलेसम्म ४० हजार ५ सय ५४ जना संक्रमित छन्। तीमध्ये चीनमामात्र ४० हजार १ सय ७० जनामा यो भाइरस देखिएको छ। तीमध्ये ६ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

अहिलेसम्म कोरोनाभाइरस लागेका ३ हजार ३ सय ४२ जना उपचारबाट निको भएका छन्। यसैबीच चीनमा सोमबारदेखि कार्यालय र कारखाना खुलेका छन्। कोरोनाभाइरस फैलिएपछि नयाँ वर्षको विदा लम्ब्याइएको थियो।

सोमबारदेखि कार्यालयहरू खुले पनि मानिसहरू निकै सावधानीपूर्वक काम गर्न गएका छन्।