२४ बैशाख २०८१, सोमबार
Follow Us

राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसमा पोषण वितरण

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७३, मंगलवार ०२:५०

भक्तपुर । ‘क्षयरोग अन्त्यका लागि संगठित होऔं’ भने मूल नाराका साथ यसवर्षको ६३ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको आयोजनामा सम्पन्न गरियो ।
संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रम मध्यपुर थिमि र भक्तपुर नगरमा क्षयरोग सम्बन्धी व्याच वितरण गरियो ।
कार्यक्रममा क्षयरोगको औषधी सेवन गरिरहेको मध्ये आर्थिक रुपमा असक्त भएका विरामीहरुलाई प्रमुख अतिथि निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले पोषण वितरण गर्नुभयो । कार्यक्रममा पोषण वितरण गर्दै उहा“ले औषधी सेवनका साथै पोष्टिक खानाको पनि अति आवश्यक भएको हु“दा संस्थाले क्षयरोगी विरामीलाई पोषण वितरण गर्नु स¥हानीय रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सदस्य बालकृष्ण श्रेष्ठ, पूर्व सभापति महेन्द्रलाल कायस्थ, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का फिल्डकोअडिनेटर पार्वती थापाले क्षयरोगी विरामीहरुलाई मनोपरामर्श दिनुका साथै विरामीहरुको जिज्ञासाहरु प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रम संस्थाका सचिव राजेश्वरी शिल्पकारले संचालन गर्नु भएको थियो ।