१ जेष्ठ २०८१, मंगलवार
Follow Us

डलरको भाउ हालसम्मकै महँगो

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७६, शुक्रबार ०४:५०

काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी १ डलर बिक्रीदर एक सय १९ रुपैयाँ ४ पैसा तोकेको हो । यो मूल्य बिहीबारको भन्दा ९२ पैसाले बढी हो । यस्तै बिहीबार एक सय १७ रुपैयाँ ५२ पैसा रहेको एक अमेरिकी डलरको खरिद दरपनि आज एक सय १८ रुपैयाँ ४४ पैसा पुगेको छ ।

पछिल्लो सातामा डलर मात्र नभइ युरो, कुवेती दिनार, कतारी पैसाको दाम पनि बढेको छ । कोरोना भाइरसको संक्रमणसँगै अमेरिकी डलर बलियो बन्दै गएका कारण भाउ बढेको हो ।

शेयर बजार, कच्चा तेलमा आएको गिरावटले पनि अमेरिकी डलरको भाउ बढाउन सहयोग गरेको छ । लामो समयदेखि १ सय १४ को हाराहारीमा रहेको डलरको मूल्य केही दिनमै पाँच रुपैयाले बढेको छ ।

यसअघि २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न १ सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो । त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो । तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको छ ।