२७ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमै कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) परीक्षण हुदैं

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७६, बिहीबार १७:३७

लण्डन । बेलायतले कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) परीक्षण गर्ने भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जेन्सनले बिहीबार एक पत्रकार सम्मेलन गर्दै अगामी १ महिना भित्र वेलायतमा कोभिड १९ (कोरोना) भाइरसविरुद्धको खोप (भ्याक्सिन) परीक्षण गर्ने तयारी रहेको जानकारी दिएका छन् । उनले अगामी १२ हप्तामा कोरोना भाइरसको असर कम हुदैै जान सक्ने संकेत गरे ।

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म हाल सम्म विश्वभर ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार संसारभरी २ लाख २० हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।