३१ बैशाख २०८१, सोमबार
Follow Us

हवाइ भाडादरमा ब्रह्मलुट

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ११:३९

काठमाडौं । कोरोना त्रासबाट मुलुक गुज्रिरहेको समयमा विमान कम्पनीहरुले आन्तरिकतर्फको भाडादर ह्वात्तै बढाएका छन् । विमान कम्पनीहरुले विपदको समयमा भाडादर दोब्बरसम्म बृद्धि गरेका हुन् ।

लामो दुरीका बस चल्न नदिने निर्णय गरेपछि सर्वसाधारणले हवाइ यात्रा गर्नुपर्ने बाध्यता छ । काठमाडौं धनगढीको औसत भाडादर छ हजार रुपैया भएपनि अहिले १२ हजार रुपैया पुगेको छ । सो मूल्यमा पनि टिकट नपाएको गुनासो यात्रुहरुको छ । मुलुकका अन्य शहरमा हुने उडानमा पनि सोही दरमा भाडा बढाइएको यात्रुहरुले बताएका छन् ।

यसैबिच नागरिक उड्डयन प्राधिकरणले बढी भाडा लिएकोमा ध्यानाकर्षण भएको भन्दै विमान कम्पनीलाई चेतावनी दिएको छ । बढी भाडा लिनेविरुद्ध उजुरी दिनसमेत प्राधिकरणले आह्वान गरेको छ ।