११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

दुर्घटनामा बाबु छोराको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७६, आईतवार ०४:२३

बनेपा । काभ्रेको बनेपामा आज विहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बनेपानगरपालिका–१३ स्थित भैसेपाटीमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदा उदयपुर रौतमाई गाउँपालिका–४ का ३५ बर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते श्रीमति सुनीता श्रेष्ठको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । बा ५ ख २३९० नम्बरको मिनि ट्रकले श्रेष्ठ दम्पती चढेको बा ५७ प ७२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

उनीहरु कोरोनाको संक्रमणको त्रासले काठमाडौबाट घर जान लागेका थिए । ठक्कर दिने ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।