२५ बैशाख २०८१, मंगलवार
Follow Us

मानिसहरूको सम्पर्क र परीक्षणमा तीव्रता दिन डब्लुएचओको आह्वान

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७६, मंगलवार ०३:५०

जुरिच । विश्व स्वास्थ्य सङ्गठन “डब्लुएचओ“ले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने बताएका हुन् ।

उनले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा हामारी गम्भीर बन्ने चेतावनी समेत दिए । सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको र अर्काे चार दिनमा नै तेस्रो लाख लाख पुगेको भन्दै चिन्ता प्रकट गरे ।

कोरोना भाइरस अहिलेसम्म तीन लाख ७८ हजार सात सय भन्दा बढीमा भेटिएको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन । १६ हजार चार सय ९५ जनाको मृत्यु भएको छ ।