२५ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना संक्रमणले अमेरिकामा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७६, मंगलवार १८:३१

लण्डन । कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार गैरआवासीय नेपाली संघ, अमेरिकाका अभियान्ता अनिल लिम्बुको मंगलवार निधन भएको हो ।

त्रिपाठीले कोरोना भाइरसको संक्रमणबाट असामयिक निधनको खबरले आफु मर्माहत भएको जनाएका छन् । उनले दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक श्रद्धान्जलि व्यक्त गरेका छन् ।
कोरोना संक्रमणका कारण अमेरिकामा निधन हुने सुब्बा पहिलो नेपाली हुन् । हालसम्म विदेशमा रहेका मध्ये दुई जना नेपालीको यही संक्रमणका कारण निधन भैसकेको छ । गत साता लन्डनमा अर्का एक नेपालीको निधन भएको थियो । करीब ५० वर्षीय सुब्बा एकसाता पहिलेदेखि अस्पतालमा उपचाररत थिए । पछिल्लो चार दिनदेखि उनको स्वास्थ्य अवस्था जटील बन्दै गएको थियो । सुब्बाका पारिवारिक मित्र समेत रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्गका अनुसार, सुब्बा आफ्नी श्रीमती र तीन छोराछोरीसहित क्वीन्समा बस्दै आएका थिए । समितिका सक्रिय सदस्य समेत रहेका सुब्बामा डाइबिटिज र उच्च रक्तचापको समस्या थियो । केही समय होटल व्यवसायमा समेत आवद्ध रहेका सुब्बा पछिल्लो समय उबर चालकको रुपमा कार्यरत थिए ।