२३ बैशाख २०८१, आईतवार
Follow Us

चीनको वुहानमा फेरि कोरोनाको नयाँ संक्रमण देखा पर्‍यो

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७६, बुधबार ०५:२४

वुहान । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा फेरि नयाँ संक्रमण देखा परेको छ । कोरोना भाइरस पहिलो पटक हुबे प्रान्तको वुहान शहरमा देखिएको थियो । त्यहाँ केही दिनयता संक्रमण घट्दै गएको थियो ।

विगत पाँच दिनदेखि कुनै पनि नयाँ संक्रमण देखिएको थिएन । चिनिया अधिकारीहरुका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भू–भागमा ८० वटा नयाँ संक्रमण पाइएको छ ।

संक्रमित व्यक्तिमध्ये चार जनाबाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ । अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट संक्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।