१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संयमता अपनाउँ, सुरक्षित रहौं : जीवा लामिछाने संरक्षक गैरआवासीय नेपाली संघ (भिडियो)

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७६, आईतवार १५:५७

लन्डन । गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले कोरोना भाइरसको यो महामहारीमा संयमता अपनाउँदै सुरक्षित रहन आह्वान गरेका छन् । नागरिककर्मी चिरन शर्मासँगको भिडियो कुराकानीमा संरक्षक लामिछानेले भने, ‘म अहिले जर्मनीको फ्रेङफर्टमा छु, यहाँको सरकारले पूर्णरुपमा लकडाउन नगरे पनि दुईजनाभन्दा बढी नहिड्ने, सामाजिक दूरी कायम गर्ने, घर बाहिर निस्कनु परे पनि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुरुप पूरा गर्नुपर्छ ।

म पनि विगत १० दिनदेखि एकान्तवास (आइसुलेसन) मा छु । हामीसँग सम्बन्ध व्यवसायहरु अधिकांश बन्द गरेका छौं । ३–४ वटा होटलबाहेक सबै बन्द छन् । हामीसँग आबद्ध सबै साथीहरुलाई आइसुलेसनमा बस्न, सामाजिक दूरी कायम राख्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गर्न अनुरोध गर्दछु ।’

उनले भने, ‘कोरोना भाइरस महामारीको रुपमा फैलिएको हुँदा सबै खालका व्यवसायहरु प्रभावित भएका छन् । धेरैजसो यूरोपियन सरकारहरु जिम्मेवारपूर्वक प्रस्तुत भइरहेका छन् । साना तथा मझौला उद्योगलाई संयमता अपनाउन, राज्यले गर्न सक्ने सबै किसिमको सहयोग गर्न तयार रहेको घोषणा गरिसकेको छ । जर्मन सरकारले ५ सय ५० बिलियन यूरोको प्याकेज घोषणा गरिसकेको छ । काम गर्ने मानिसहरु अहिले घरमा बस्नु परेको छ, उनीहरुको तलब दिने, व्यवसायमा नोक्सान भएको छ, त्यसमा ऋणको प्याकेज घोषणा गरिएको छ । यो विश्वव्यापी महामहारी हो, कोही अछुतो रहँदैन । महत्वपूर्ण कुरा राज्यले केही गरिरहेको छ भन्ने सबैले महसुस गरिरहेका छन् । मैले पाएको समाचारअनुसार यो महामारीबाट बच्न यूरोपमा धेरै देशले फलो गरिरहेका छन् ।
विकसित देशमा रिर्सोस छ, विकसित देशको जस्तो रिर्सोस हाम्रो देशमा नहोला । तर महामारीमा अपनाउनुपर्ने लकडाउन नेपालले अपनाएको छ, यो एकदमै राम्रो हो । नेपालमा हामीले गरेको लगानी के होला भन्नेबारे हामीले सोचेका छैनौं । अहिलेको समय भनेको सकेसम्म सजक रहने र साथीभाइ सबैले संयमता अपनाउनुपर्छ । अहिलेको समयमा गर्नुपर्ने महत्वपूर्ण काम नै यही हो । गैरआवासीय चिकित्सक साथीहरुले एउटा टिम बनाएर स्वयसेवा गरिराख्नु भएको छ ।

एनआरएनले एक करोड रुपैयाँको कोष बनाएर सहयोग गरिरहेको छ । भरपर्दो संघसंस्थामार्फत् केही सहयोग गर्न सकिन्छ कि भनेर म व्यक्तिगत हिसाबले पनि लागिरहेको छु । पीपीइ निर्माण गरिरहेका डा. महाबीर पुनसँग मेरो कुरा भइरहेको छ । हेरौं कति सहयोग गर्न सकिन्छ । म आबद्ध सानिमा ग्रुपले पनि छिटै राहत घोषणा गर्ने तयारी भइरहेको छ ।’