८ जेष्ठ २०८१, मंगलवार
Follow Us

नगरौँ प्रातः र सायंकालीन भ्रमण

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७७, बुधबार ०४:०३

ललितपुर । महालक्ष्मी नगरपालिकाले मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङवाक र साँझमा हिँड्ने इभिनिङवाक तत्काल रोक्न अनुरोध गरेको हो ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले धेरैपटक नगरवासीलाई मनिङवाक र इभिनिङवाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन । नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि ! भन्ने डर पनि रहेको छ ।”

नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।