२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीको कुटपिटमा पर्ने चिकित्सक भन्छन् : ‘डाक्टर साक्टर’ चिन्दैनौ भन्दै कुटे

sarusaru
४ बैशाख २०७७, बिहीबार ०६:४४

काठमाडौं – लकडाउन उल्लङघन गरेको भन्दै चिकित्सकमाथी प्रहरीले कुटपिट गरेको छ। बुधबार बेलुकी त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो। क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा उनीहरुलाई प्रहरीले कुटपिट गरेको हो।

अस्पतालबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेको इन्टरर्नल मेडिशिन डाक्टर शभ्भु खानलले बताए। कोठा नजिकै पुग्ने क्रममा प्रहरीको भ्यानमा आएर सोधपुछ गरेको र आफूहरुले डाक्टर भनेर परिचय दिँदा प्रहरीले आक्रमक हुँदै डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको उनको भनाई छ।

‘कोठा पुग्नै लाग्दा नजिकै पुलिसको भ्यान आएर को हो तिमीहरु भन्दै आफूहरुलाई लछारफछर गरे’, डा. खनालले नारिकसंग भने, ‘हामीले डाक्टर हौं भन्दै आइडि कार्ड देखायौं। झनै आक्रम हुँदै लाठी प्रहार गर्न थाले।’

प्रहरीको डाक्टर शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि आक्रमण गरेको थियो। स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटनामाथि कानूनी कारबाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भीर असर पार्न सक्ने तर्फ सचेन रहन नेपाल चिकित्सक संघले आग्रह समेत गरेको छ।

‘महारीससंग जुध्नका लागि युद्द मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउने ज्ञमाथि कानूनी कारबाही नगरिएको खण्डमा देशभरको स्वास्थ्यसेवा गम्भीर असर पर्ने सक्ने देखिन्छ विज्ञप्तीमा भनिएको छ ,‘ स्वास्थ्यमकर्मी तथा चिकित्सक युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन सरकार तथा सरोकाला निकायलाई सचेत गराउँदछ।’

संघले चिकित्सकमाथि हातपात गर्ने, लाठि चार्ज गर्ने जस्तो अमानवीय क्रियाकलाप भत्र्सना गरी प्रहरीलाई छानबीनको गरी कानूनी कारबाहीको माग गरेका छन्।

चिकित्सक कुटपिटको सम्बन्धमा नेपाल चिकित्सक संघ, रेजिडेन्ट एसोसिएसन अफ न्यान्स, जुनियर रेजिरेन्ट सोसाइटिले छानबानी गरि कानूनको दायरामा ल्याउन माग गरेको छन्।

प्रहरीले घटनाको छानविन गर्न एसएसपी किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

– नागरिक न्युज