८ जेष्ठ २०८१, मंगलवार
Follow Us

कोरोनाबाट सबैभन्दा धेरै मानिस चीनमा मरेका छन् : ट्रम्प

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७७, आईतवार ०७:०१

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु अमेरिकामा नभई चीनमा भएको दावी गरेका छन् । ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनका क्रममा उनले चीनमा भन्दा अमेरिकामा धेरै कम मानिसको मृत्यु बताएका हुन् ।

भाइरसका कारण अमेरिकाको मृत्यु दर युरोपमा भन्दा कम रहेको पनि बताए । बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम र स्पेनको मृत्युदर अमेरिकाको भन्दा चार गुणा बढी भएको ट्रम्पको भनाइ छ ।

युरोपमा जर्मनी मात्रै अपवादको रुपमा देखिएको उनको भनाइ छ । गत शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ९० थप गरिएको थियो । त्योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । अमेरिकामा भने ३८ हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ ।