८ जेष्ठ २०८१, मंगलवार
Follow Us

अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७७, मंगलवार ०५:५३

न्यूयोर्क । अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारेर बजार खोल्न थालिएको छ । विज्ञले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको चेतावनी दिदै आएपनि अमेरिकको दक्षिणी राज्यमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पलसहरु खोलिएका हुन् ।

तीन राज्यका रिपब्लिकन गर्भनरले लकडाउन खुकुलो पार्ने घोषणा गरेका हुन् । साउथ क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले लकडाउन खुकुलो पार्ने घोषणा गरेकी हुन् ।

त्यस्तै जर्जियाले पनि शुक्रबारदेखि सैलुन, मसाज र जिम सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबारदेखि रेस्टुरेन्ट तथा फिल्म हलहरु पनि खुल्ने भएका छन् । टेनिसीमा पनि अप्रिल ३० देखि अधिकांश क्षेत्र खुला हुने जनाइएको छ । तीन राज्यमा लकडाउन खुकुलो पारेपछि अन्यमा पनि दवाव बढेको छ ।

केही राज्यमा लकडाउन खुकुलो पार्न माग गर्दै प्रदर्शन हुँदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार लकडाउन खुलाउनु पर्ने पक्षमा बोल्दै आएका छन् ।

अमेरिकामा दैनिक डेढ लाख मानिसमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण हुने गरेको छ । त्यसमध्ये लगभग २० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको छ । तर विज्ञले दैनिक पाँच लाख ८० हजार भन्दा बढीको परीक्षण हुनुपर्ने बताउदै आएका छन् ।