२३ बैशाख २०८१, आईतवार
Follow Us

भारतको रेल सेवाद्वारा दैनिक दुई लाख ६० हजारलाई भोजन

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७७, बुधबार १५:१४

भारतको रेल सेवा प्रदायक निकायले दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई खान खुवाउने गरेको जनाएको छ । रेल सेवाका देशभरी रहेका विभिन्न कार्यालय मार्फत् दैनिक २ लाख ६० हजार जनालाई खाना खुवाइएको हो ।

लकडाउनका कारण खाद्य सङ्कटमा परेकाहरुलाई खाना खुवाउने कार्य भइरहेको रेल मन्त्रालयले बुधबार जनाएको छ । जिल्लास्तरमा रहेका सवै कार्यालयहरुलाई उनीहरुका लागि खानको व्यवस्था गर्न सूचित गरिएको पनि मन्त्रालयको भनाइ छ ।

रेल सेवाका कार्यालयको क्षमताअनुसार क्षेत्र क्षेत्रमा खाना खुवाउदा दैनिक दुई लाख ६० हजार भन्दा बढीले सेवा पाएका छन्, मन्त्रालयका एक अधिकारीले भने । पीडित धेरै भएको कतिपय ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा पनि लगिदिने गरिएको बताइएको छ ।

उनीहरुलाई प्रति छाक १५ रुपैयामा खुवाइएको पनि समाचारमा जनाइएको छ । खर्चको व्यवस्थापन भने राज्यले गरिदिएको छ । राज्यले चाहेमा अहिले खुवाइरहेका भन्दा अरुलाई पनि खाना खुवाउन सकिने रेल सेवाका अधिकारीको भनाइ छ । भारतीय रेल सेवाले दैनिक झण्डै एक लाख जनालाई त यसअघि पनि खाना खुवाउदै आएको थियो ।