२४ बैशाख २०८१, सोमबार
Follow Us

झापामा ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७७, शुक्रबार १५:१२

काठमाडौं । झापामा पनि पहिलो पटक कोरोना संक्रमणको बिरामी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा ती वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।