२४ बैशाख २०८१, सोमबार
Follow Us

काँग्रेसद्वारा कोरोना रोकथामबारे विज्ञहरुसँग छलफल

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७७, आईतवार १५:१७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टीका पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञहरुबीच कोरोना भाइरसको रोकथामबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यबारे समीक्षा र तत्काल गरिनुपर्ने कार्यबारे छलफल भएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकको शुरूआतमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका बीच देशभरि कार्य गरिरहनुभएका स्वास्थकर्मी र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थ्यकर्मीकै नेतृत्व र सुरक्षाकर्मीको समन्वयमा परास्त गर्नुपर्ने धारणा राख्नुभएको थियो । छलफलका क्रममा प्राप्त महत्वपूर्ण विचार र सुझावमाथि काँग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयनको माग गरेको छ ।

लकडाउनले कोरोनासँग जुध्न वातावरण निश्चय नै निर्माण गरेको तर लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार सुस्त देखिएको बैठकको निष्कर्ष रहेको उल्लेख गर्दै बैठकले आवश्यक गति बढाउन सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो । परीक्षण समुदाय स्तरसम्म पु¥याउनु पर्ने अनिवार्य आवश्यकता रहेको छ तर ¥यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्ने र पिसिआरकै क्षमता तथा दायरा बढाइनु पर्ने बैठकको सुझाव छ ।

स्वास्थ्यकर्मीलाई पर्याप्त पिपिईलगायतका सामग्री अझै पनि नपुग्दा स्वास्थ्यकर्मीहरु जोखिमपूर्ण ढङ्गले कार्य गर्न बाध्य हुनुपरेको भन्दै बैठकमा सहभागीहरुले तत्काल गुणस्तरीय सामग्री पु¥याएर सरकारले कोरोनाविरुद्धको सङ्घर्षलाई प्रभावकारी तुल्याउन जरुरी रहेकामा जोड दिनुभएको थियो । काँग्रेसले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने किसिमले घटेका केही घटनालाई गम्भीरतापूर्वक लिंँदै त्यस्ता घटना देशभर कहीँ पनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी रहेको जनाएको छ ।

अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग गर्नुपर्ने, अर्कातर्फ सङ्क्रमितको सङ्ख्या बढेसँगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउनुपर्ने, अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्ने बैठकको सुझाव छ । उपचारमा कठिनाइसँगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जाँंदा त्यसले नयाँ जोखिम उत्पन्न गर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउँदै बैठकले औषधि उत्पादन र आयातमा समयमै सचेत रहन आग्रह गरेको छ ।

कैयौँ ठाउँका क्वारेन्टाइन निश्चित मापदण्डअनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने र अर्कातर्फ डेंगो, मलेरियालगायत अन्य रोगको सङ्क्रमण समेत बढ्न सक्ने भन्दै विज्ञहरुले क्वारेन्टाइनहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।