२५ बैशाख २०८१, मंगलवार
Follow Us

थप एकमा सङ्क्रमण, ५२ पुगे सङ्क्रमित

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७७, आईतवार १५:१८

कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उहाँको स्वास्थ्यस्थित सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो । आज देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ । यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् ।