४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

थपिए २ जना, संक्रमितको संख्या ३७७ पुग्यो

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७७, मंगलवार ०५:०५

काठमाडौं । सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूष र सुनसरीका दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ भने मृत्यु हुनेको संख्या २ रहेको छ ।