२७ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धी नीति खारेज

नेपालब्रिटेन संवाददाता
५ असार २०७७, शुक्रबार ०५:०३

न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका आप्रवासनसम्बन्धि नीति खारेज गरेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धि नीतिमा कडाइ गर्दै गैरकानुनी रुपमा अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने आदेश जारी गरेका थिए ।

अदालतको आदेशले कागजपत्र बिना अमेरिका प्रवेश गरेका ६ लाख ५० हजार भन्दा बढी युवाहरुलाई फिर्ता पठाउने सरकारी निर्णयलाई खारेज गरेको हो । सन् २०१२ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा सरकारले गरेका कामलाई निरन्तरता दिने तल्लो अदालतको फैसला सही भएको जनाएको छ ।

राष्ट्रपति ओबामाले अघिल्लो सरकारले ल्याएको बालबालिकासम्बन्धी कार्यक्रमलाई खारेज गरेर आप्रवासनसम्बन्धी नीतिमा कडाइ गर्ने बताएका थिए । अदालतको निर्णयसँगै आप्रवासीहरुले निर्वासन र संयुक्त राज्य अमेरिकामा काम गर्नका लागि उनीहरुको अधिकारको संरक्षण गरेको बताइएको छ ।

अदालतको फैसला लगत्तै राष्ट्रपति ट्रम्पले रिपब्लिकन वा कन्र्जभेटिभ भनेर चिनाउनेहरुको इशारामा सर्वोच्च अदालतले निर्णय गरेको भनी कडा प्रतिक्रिया दिएका छन् । यसैबीच अदालतले पछिल्लो समय राष्ट्रपति ट्रम्पका एक पछि अर्को कदमहरुमा रोक लगाउन थालेको छ ।