३० बैशाख २०८१, आईतवार
Follow Us

गोरु काटेर खाएको आरोपमा पाल्पामा ३ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
८ असार २०७७, सोमबार ०६:१८

पाल्पा । पाल्पाको रामपुर १० वरभञ्ज्याङ्ग बाट गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । स्थानीय वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका प्रेम सुनार, दामोदर सुनार र नारायण सुनार पक्राउ परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।