२३ बैशाख २०८१, आईतवार
Follow Us

नवलपरासीको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०६:१८

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीको क्वारेन्टिनमा रहेका एक ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो । शनिवार राति स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बर्दघाट–२ चिसापानीका ती पुरुष असार १२ मा भारतको मुम्बईबाट आएर चिसापानी दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।