२३ बैशाख २०८१, आईतवार
Follow Us

पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

sarusaru
१४ असार २०७७, आईतवार ०८:४१

स्याङ्जा– शनिबार रातीदेखि परेको अविरल वर्षाले घर माथिबाट आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङ्लियामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४९ वर्षीय यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर घाईते भएका यामबहादुर र उनकी श्रीमती ४२ वर्षीया फुलमाया विकलाई उपचारको लागि रातीनै गल्याङ ल्याइएकोमा यामबहादुरको उपचारको क्रममा गल्याङ अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी यामबहादुरकी श्रीमती फुलमायालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । मृतक यामबहादुरका दुई छोराछोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।