१ जेष्ठ २०८१, मंगलवार
Follow Us

संविधानविद् डा. आचार्यका दुई पुस्तक सार्वजनिक

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७७, सोमबार ०४:३८

काठमाडौं । संविधानविद् तथा अधिवक्ता डा. भीमार्जुन आचार्यले न्यायालय र संविधानसम्बन्धी दुई किताब सार्वजनिक गरेका छन् । उनले शनिबार सामाजिक सञ्जालबाट आफ्ना दुई किताब सार्वजनिक गरेका हुन् । उनका दुई किताब ‘द कन्सेप्ट अफ ज्युडिसियल रिभ्यू’ र ‘कन्स्टिच्यूसन एन्ड कन्स्टिच्युसनालिज्म’ सार्वजनिक भएको हो ।

यी पुस्तकहरुमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको विगत, २०१० सालदेखि हालसम्म प्रधानन्यायलय/सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समीक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायिक पुनरावलोकन आदि विषयहरुबारे विस्तृत चर्चा गरिएको लेखक आचार्यले जानकारी दिएका छन् ।

नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानुनी प्रणाली, राज्य संरचना, शासन पद्धतिबारे जानकारी राख्न चाहनेका लागि पुस्तक लेखिएको आचार्यले जानकारी दिए । ती पुस्तक पैरवी प्रकाशनले प्रकाशित गरेको हो ।