२ श्रावण २०८२, शुक्रबार
Follow Us

गण्डकीसँगै बगिन् अञ्जली अधिकारी (भिडियो)

nepalbritain news
६ श्रावण २०७७, मंगलवार १०:०५

काठमाण्डौ – सर्जक तथा गायक बसन्त थापा, सर्जक प्रल्हाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा तीज गीत ‘गण्डकी बग्यो सली सली‘’ बजारमा सार्वजनिक भएको छ ।

गायिका मीना निरौलाको सुमधुर आवाजमा सजिएको गीतको शब्द प्रल्हाद सुबेदीले लेखेका हुन् ।सो गीतमा वसन्त थापाले संगीत भरेका छन् भने संगीत संयोजन आशिष अविरलले गरेका छन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अन्जली अधिकारीले गण्डकी बग्यो सली सली ,म पनि बगेँ अलिअलि भन्दै कम्मर मर्काएकी छिन् ।सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् । प्रल्हाद सुवेदीको युटुव च्यानलमार्फत् सार्वजनिक भएको उक्त भिडियोको सम्पादन अमृत चापागाइँले गरेका हुन् ।

धेरै पढिएको