३ जेष्ठ २०८१, बिहीबार
Follow Us

काठमाडौं उपत्यकाका सवारी साधनमा आजदेखि जोरविजोर लागू

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०३:५०

काठमाडौं । सरकारले आजदेखि यातायातका साधनमा फेरि जोरविजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा सवारीमा जोरविजोर प्रणाली लागू गरेको हो ।

जोरविजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने, कोरोना संक्रमणको थप परीक्षणको व्यवस्था मिलाउने गृहको विज्ञप्तिमा उल्लेख छ ।