१५ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुर अस्पतालको आइसोलेसनबाट संक्रमित फरार

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार ०३:३०

भरतपुर । चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन् । आज बिहान पाँच बजेतिर उनी अस्पतालबाट भागेका हुन् । विहान स्वास्थ्यकर्मीले खोजी गर्दा उनी अस्पतालको आइसोलेसनमा फेला नपरेको अस्पतालले जनाएको छ ।

केहिदिन अघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि उनलाई प्रहरीले अस्पतालको जिम्मा लगाएको थियो । भरतपुर पारस बसपार्क आसपास बस्दै आएका ती व्यक्तिको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।