३ जेष्ठ २०८१, बिहीबार
Follow Us

किम जोङ् उनद्वारा विपत्तिविरुद्ध लड्न आह्वान

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७७, बुधबार १४:१७

उत्तर कोरियाली नेता किम जोङ् उनले कोरोना भाइरसको सम्भावित विपत्ति विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । सत्तारुढ मजदुर पार्टीको तेश्रो उच्चस्तरीय सम्मेलनमा सहभागी भएका नेता किमले मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीले उग्ररुप लिनसक्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

यसअघि उनी उच्चस्तरीय सम्मेलनहरुमा कमै मात्र उपस्थित हुने गर्दथे । अर्कोतर्पm नेता उनले बिहीबारसम्म मुलुकमा आँधीको अर्को विपत्ति आउने पुर्वानुमान समेत गरिएको जानकारी दिएका छन् । सत्तारुढ मजदुर पार्टीको सो बैठकमा उनले यसबाट मुलुक तथा मुलुकवासीमा अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।

भाइरसको संक्रमण तथा आँधीका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक खबर संस्थाले जनाएको हो । अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षती भएको एक हप्तामै उत्तर कोरियामा अर्को खाले क्षती पुर्याउने गरी आँधी आउन लागेको हो ।

दुवै घटनाले मलुकको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने चिन्ता पनि नेता उनले व्यक्त गरेको जनाइएको छ । कोरोना र आँधीसँग जुध्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन् ।

यसअघि नेता किमका बारेमा अनर्गल प्रचार गरिएको थियो । विभिन्न सञ्चारमाध्यमले उनी कोमामा रहेका विवरण प्रशारण गरेका थिए । तर उनी उच्चस्तरीय सम्मेलनमा सहभागी भएपछि उनीमाथि गरिएको सबै प्रचार झुटो पुष्टि भएको छ ।