२४ बैशाख २०८१, सोमबार
Follow Us

बन्लान् बामदेव उपप्रधान र अर्थमन्त्री ?

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०३:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै नयाँ विवाद सिर्जना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक काममा गौतमले ब्रेक लगाउने छन् भने प्रधानमन्त्री बनी छाड्ने उनको मनोकांक्षा जीवितै रहेकाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई चैनले शासन गर्न दिने छैनन् ।

गत सोमबारको भेटमा गौतमले आफूलाई उपप्रधान तथा अर्थमन्त्री दिनुपर्ने माग राखेका थिए । तर संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने कुरा संविधानमा उल्लेख छ ।

पार्टी सचिवालय र स्थायी कमिटी दुबैमा अत्याधिक अल्पमतमा परेकाले पार्टी अध्यक्ष ओली दुई कदम पछाडि हट्न बाध्य भएका हुन् । यसअघि अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने कुरामा पनि यसै गरी प्रधानमन्त्री ओली दुई कदम पछाडी हटेका थिए । यस पटक पनि उनको असहमतिकै बीच पार्टी सचिवालय सदस्यहरुको बहुमत गौतमको पक्षमा देखिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली गौतमलाई राष्ट्रिय सभामा ल्याउन सहमत भएका हुन् । तर उनले पार्टी एकता बचाउँन महत्वपूर्ण भूमिका खेलेकाले गौतमलाई राष्ट्रिय सभामा ल्याउँन लागेको बताएका थिए । यो प्रतिक्रिया दिदा पनि उनको मन भने युवराज खतिवडातिरै थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएकाले त्यअघि उनले राजिनामा दिने सम्भावना छ । उनी गत फागुन २० गते अर्थमन्त्री नियुक्त भएका थिए ।

अर्थमन्त्रीका रुपमा खतिवडा असफल रहेको ओली समर्थकहरुबाटै आएको थियो । खतिवडाले मुलुकमा लगानी भित्र्याउन नसकेको, आर्थिक उन्नतिमा खासै सफलता हासिल नगरेको र रोजगारी सिर्जन गर्न नसकेको अवस्थामा उनलाई अर्थमन्त्रीमा दोहो¥याउनु उपयुक्त नहुने चेतावनी दिएपछि ओली थप अन्योलमा परेका थिए ।

यसअघि १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा सचिवालयका बहुमत सदस्यले दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको विवाद विभाजनकै तहमा पुगेको थियो । ओलीबाट सरकार र पार्टी चल्न नसकेको भन्दै त्यसरी राजीनामा माग्नेमा गौतम पनि थिए । तर साउन १३ मा अचानक गौतमले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट ओलीलाई हटाउन नहुने सहमतिको ६ बुँदे प्रस्ताव अगाडि सारेर ओलीलाई ठूलै गुन लगाएका थिए ।

गौतमको उक्त प्रस्तावले ओलीको राजीनामा ट-यो । गौतमकै कारण आफ्नो राजीनामा टरेपछि त्यही दिन साँझ प्रधानमन्त्री ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । त्यसपछि सचिवालयको समीकरणमा फेरबदल आएको हो । तर पार्टी अध्यक्ष ओली पार्टीका हरेक कमिटीमा अहिले पनि अल्पमतमै छन् ।
तरुण खबरबाट