१३ असार २०८१, बुधबार
Follow Us

रुसको खोपको सकारात्मक नतिजा

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७७, शनिबार ०६:०६

लन्डन । कोरोना भाइरस संक्रमण विरुद्ध रुसले विकास गरेको स्पुतनिक भी खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले जनाएका हुन् ।

१८ देखी ६० वर्ष उमेर समुहका ३८ जनामा खोप दिइएको र त्यसको ३ साता पछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खोप दिइएका सबै जनामा सामान्य रुपमा टाउको तथा जोर्नी दुख्ने समस्या देखिएको बताइको छ । खोपको तेस्रो चरणको परीक्षणमा ४० हजार मानिस सहभागी हुँदैछन । रसियाले छिटो खोपको विकास गरेको भन्दै युरोप र अमेरिकी देशले आंशका गर्दै आएका छन् ।

खोप सुरक्षित र प्रभावकारी छ भनेर विश्वसनीय बनाउनका लागि धेरै संख्या र लामो समयको परीक्षण हुनुपर्ने उनीहरुको भनाइ छ । रुसले भने आलोचनाहरु आधारहीन भन्दै खण्डन गर्दै आएको छ ।

यता विश्व स्वास्थ्य संगठन डब्लूएचओले अर्का वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप उपलब्ध नहुने जनाएको छ । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन कि प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने उल्लेख गरेकी हुन् ।

अहिले परीक्षणमा रहेको पचास प्रतिशत पनि खोप प्रभावकारी हुने नदेखिएकाले थप अनुसन्धानमा उनले जोड दिएकी छिन् । उनले खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको समय लामो हुनुपर्ने पनि बताइन् ।

विश्वका केही देशले खोप ल्याउन प्रतिस्पर्धा गरेपनि खोपको प्रभावकारितामा प्रश्न उठने गरेको छ । अमेरिका, चीन र रसियाले खोप केही महिनामै उपलब्ध हुने बताउदै आएको समयमा डब्लुएचओको चेतावनी आएको हो ।