२५ बैशाख २०८१, मंगलवार
Follow Us

बागलुङ र सिन्धुपाल्चोकको बाढि र पहिरो पिडितलाई ६ अर्ब खर्च गरिने

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७७, बुधबार १९:२९

लन्डन। सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बागलुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सो निर्णयसँगै ती क्षेत्रमा विश्व बैंकमार्फत् हुने ५० मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार विपद् पुनर्निर्माण प्राधिकरणले बजेट परिचालन गर्ने छ।