२५ बैशाख २०८१, मंगलवार
Follow Us

ट्रम्प अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७७, शनिबार ०५:१०

न्यूयोर्क । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको हो ।

सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट हाउसले जनाएको छ । कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ । ट्रम्पलाई हल्का ज्वरो आएको बताइएको छ ।

ह्वाइट हाउसले ट्रम्पले थकान महसुस गरेको भए पनि उनको आत्मबल राम्रो रहेको बताएको छ । संक्रमण पुष्टि भएको २४ घन्टा नबित्दै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

ट्रम्पले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोरोना भाइरस परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका थिए । नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनु ठीक एक महिनाअघि वर्तमान राष्ट्रपति ट्रम्प बिरामी परेका हुन् ।

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन् । ट्रम्पका प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन र उनकी पत्नी जिल बाइडेनमा भने संक्रमण देखिएको छैन ।