२५ बैशाख २०८१, मंगलवार
Follow Us

थपिए २१२० कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७७, शनिबार ११:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

देशभर शनिबार संक्रमित थपिए
शनिबार २१ सय २० जनामा कोरोनाको संक्रमण देखिएको छ । शनिबार १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको थियो । शुक्रबार एकै दिन २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । शुक्रबार १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको थियो । शनिबार थप भएका कोरोना संक्रमित सहित ८४ हजार ५ सय ७० पुगेका छन् । आजै २ हजार ४४ जना कोरोनाको संक्रमण निको भएर डिस्चार्ज भएका छन् । यसपछि डिस्चाजै हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । शुक्रबारभन्दा शनिबार १ हजार ७ सय ६१ जना कमको पीसीआर परीक्षण गरिएको थियो । शनिबारसम्ममा २१ हजार ३ सय २ जना सक्रिय कोरोना संक्रमित छन् भने ४ हजार २ सय ७३ जना क्वारेन्टाइनमा छन् ।

शनिबार ८ कोरोना संक्रमितको मृत्यु
आज २ जना महिला र ६ जना पुरुषले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । सुनसरीकी २८ वर्षिया महिला, चितवनकी ७६ वार्षिया महिला, ललितपुरका ६७ वार्षिय पुरुष, काठमाडौंका ८३ र ६८ वर्षिय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षिय पुरुष, दोलखाका ६५ वर्षिय पुरुष र कैलालीका ७९ वर्षिय पुरुषको कोरोनाको संक्रमणबाट ज्यान गएको हो । अहिले सम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।