२२ बैशाख २०८१, शनिबार
Follow Us

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ०९:१३

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय सुनुवाई समितिमा ४ वटा उजुरी परेको छ । अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी बाक्सा संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ वटा उजुरी परेको सुनुवाइ समितिले जानकारी दिएको छ ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी नपरेको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।