१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङलाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७७, बुधबार १३:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी अध्यक्ष पुनम गुरुङ लाई कोरोना संक्रमण भएको छ । गुरुङले केहि दिन अघि कोरोना परिक्षण गराएको रिपोटमा पोजेटिभ पुष्टि भएको छ ।
उनले बुधवार समाजिक संजाल फेसबुक टाइमलाईन मार्फत आफुलाई कोरोना भएको जनाएकी छन् ।

उनको फेसबुकबाट जस्ताको तस्तै

सम्पूर्ण मित्र एवम् आफन्तहरुमा नमस्कार
केही दिनअघि गराएको कोरोना परीक्षणमा मेरो रिपोर्ट पोजिटिभ प्राप्त भएको खबर आयो । तर अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । भाग्यबस स्वास्थ्यमा कुनै पनि जटिलता भने देखिएको छैन ।
अहिले म सबै सतर्कता र सावधानी नियमहरु अपनाएर घरमै आइसोलेसनमा बसेकी छु । यस क्रममा अबको केही दिन मैले आरामका लागि छुट्याएकी छु । तसर्थ यस अवधिमा म टेलिफोन सम्पर्कमा उपलब्ध हुन असमर्थ रहने जानकारी गराउँदै मेरो स्वास्थ्य अवस्थाबारे अन्य माध्यमबाट अपडेटहरु गराउँदै जाने जानकारी गराउनेछु ।
साथै, हालैका दिनमा मेरो प्रतक्ष्य सम्पर्कमा आउनुहुने सबै आफन्त एवम् मित्रहरुलाई आवश्यक सतर्कता अपनाउनुहुन र कुनै लक्षण देखिएमा तुरुन्त परीक्षण गराउनुहुन म आग्रह गर्दछु । कृपया सबै जना जहाँ रहे पनि सुररक्षित सग बसौ ।
धन्यवाद
पुनम गुरुङ
अध्यक्ष, एनआरएनए यूके