२१ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय सेनाध्यक्ष नेपालमा

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७७, बुधबार ०६:१७

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि बुधबार भारतीय वायु सेनाको विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।

उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ ।

भोलि नै उनले राष्ट्रपति भण्डारीसँग र शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नरवणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम पनि छ । नरवणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्नेछन । नरवणे शुक्रबार नै स्वदेश फर्कने छ ।